मतगणनाका क्रममा मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित

२०८१ माघ १३, आईतवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चुनावको मतगणनाका क्रममा फेरि लफडा भएको छ ।

मतगणनाका क्रममा प्रतिनिधिले मतपत्रमा पानी खनाइदिएपछि लफडा भएको हो । मधेश प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । मधेशमा १५९ मत खसेको थियो । गणनाका क्रममा १५४ मत मात्र भेटिएपछि विवाद सुरु भएको हो ।

अध्यक्षका उम्मेदवार हेमन्त राई पक्षका एक विद्यार्थी नेताले हाम्रोदेशलाई भने, ‘मधेश प्रदेशमा १ सय ५९ मत खसेको थियो । तर पाँच वटा मत कम भएपछि विवाद सुरु भएको हो । विवादका बीच महासचिवका उम्मेदवार सञ्जय महतोको मान्छेले मत पेटीमा पानी खन्याएका छन् । उनीहरू आफूहरू कमजोर भएपछि विवादमा उत्रेका छन् ।’

मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, विजयप्रकाश शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । पाँच मत कम भेटिएपछि विवाद बढेको थियो । अब के गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा महतो पक्षले पानी खन्याएको ती विद्यार्थी नेताको दावी छ । जसका कारण पुनः निर्वाचन गर्ने माग बढेको छ ।

अहिले दुवै पक्षले पुनः चुनाव हुनुपर्ने माग गरेका छन् । मतगणना स्थगित भएसँगै निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार