पिकअप गाडी ब्रेक फेल भएर दुर्घटना, ५ जना घाइते

२०८१ माघ १३, आईतवार

ताप्लेजुङ : सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका-४ तापेथोक हेल्लोक जाँदै गरेको पिकअप शनिबार बेलुका दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

उनीहरूलाई जिल्ला अस्पताल ताप्लेजुङले थप उपचारका लागि रेफर गरेको छ । जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईका अनुसार प्रारम्भिक उपचार पछि घाइते सबैलाई रेफर गरिएको हो । शनिबार बेलुका ओलाङचुङगोला सडक खण्डमा बा ०३–००१ ज ४१५ नम्वरको पिकअप दुर्घटनामा परी पाँचजना घाइते भएका थिए ।

उनीहरूलाई शनिबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । कतिपयलाई राति नै र कतिपयलाई आइतबार बिहान उपचारका लागि लगिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा फक्ताङलुङ-५ का ५० वर्षीय दिपेन्द्र लिम्बू, १८ वर्षीया रोशनी लिम्बू, ३२ वर्षीय दिनेश लिम्बू, सुरेन्द्र लिम्बूको १३ महिनाको छोरी भावना लिम्बू र वडा नं. ६ को युनिसा लिम्बूको १४ महिनाको छोरी सेसेहाङ लिम्बू रहेका छन् ।

पिकअप गाडी ब्रेक फेल भएर दुर्घटना भएको चालक प्रितिसिंह लिम्बूले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । उनलाई तापेथोक प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार