समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज

२०८१ माघ १५, मंगलवार

काठमाडाैं : समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ।

नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ। ‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शिर्षकमा सो कार्यक्रम राखिएको हो। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।

भोलिका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडि सारेर आज राखिएको हो। गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार