अब त श्रीमतीकै नाममा स्विस बैंकमा ४१ करोड छ भन्न थाले : प्रधानमन्त्री ओली

२०८१ माघ १५, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफू विरुद्ध भ्रम छर्नेहरूले पत्नी राधिका शाक्यको नाम जोडेर पनि भ्रम छर्न थालेको बताएका छन्।

मङ्गलवार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘आज बिहान टिकटकमा एउटा हिन्दीमा समाचार सुन्दै थिएँ, प्रधानमन्त्री केपी ओलीको श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्विस बैंकमा जम्मा गरेको छ भनेर,’ प्रधानमन्त्री ओलीले भने, ‘आफै आश्चर्य लाग्यो, रिसाउनु पनि यस्ता नादानसँग के रिसाउनु !’

आफ्नो नाममा भन्दा सही राखेको भए पनि पत्नीको नाम पनि जोडेपछि प्रधानमन्त्री ओलीले पार्टी बैठकमा चित्त दुखाएका छन् । ‘मेरो नाममा त छदै थियो, ६५ करोड कि लाख डलर स्विस बैंकमा भनिराखेकै थिए । अब त मेरो श्रीमतीको नाममा ४१ करोड.. डलरै त होला !,’ उनले भने।

त्यो रकम त्यहाँ भएको भए ल्याएर खान आरोपकर्ताहरूलाई उनले सुझाएका छन्। उनले अगाडि भने, ‘गएर ल्याएर आओ न कमसेकम । हिन्दी भाषा बोल्नेले खाए पनि हुन्छ, नेपाली भाषा बोल्नेले खाए पनि हुन्छ। अरू नै भाषा बोल्नेले खाए पनि हुन्छ । ल्याएर खाऊ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार