सर्लाही : सर्लाहीको लालबन्दी बजारबाट सिन्धुलीको मरिणका लागि छुटेको एक यात्रुबाहक बस मङ्गलबार साँझ दुर्घटनामा परेको छ ।
सर्लाही र सिन्धुलीको सिमाना (पानी ढलो) नजिक लालबन्दी नगरपालिका–१५, चुरे भन्ने स्थानमा बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सको बस दुर्घटनामा परेको हो । बस चुरेपाखो भीरबाट करिव १० फिट तल कालिन्जोर खोला किनारमा खस्दा बसका चालक तथा बसधनी लालबन्दी नगरपालिका–१३, पत्थरकोटका ३६ वर्षीय चन्द्रबहादुर काल्तान घाइते भएका छन् ।
प्रहरी चौकी परवानिपुरका अनुसार चालक काल्तानको हातमा सामान्य चोट लागेको छ । बसमा सवार ११ जना यात्रुलाई पहिले नै ओरालेर बस उकालो चढाउन खोज्दा अनियन्त्रित भएर खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।





