शहीदका सपना पूरा गर्न निरन्तर क्रियाशील रहने प्रतिज्ञा गर्दछु : प्रचण्ड

२०८१ माघ १६, बुधबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शहीदका सपना पूरा गर्न आफू निरन्तर क्रियाशील रहने प्रतिज्ञा गरेका छन् । शहीद दिवसको सन्दर्भमा आज शुभकामना दिने क्रममा उनले यस्तो प्रतिज्ञा गरेका हुन् । दाहालले शहीद दिवसको दिनले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्दै समाजवादउन्मुख राज्य निर्माणको दिशामा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

दाहालले फेशबुकमा लेखेका छन्–

आज माघ १६, शहीद दिवसको सन्दर्भमा लखन थापादेखि राणाशासनविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, महान् जनयुद्ध, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पक्षमा विभिन्न कालखण्डमा सञ्चालित आन्दोलनहरूमा शहादत प्राप्त गर्नुहुने महान् शहीदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। यस दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्दै समाजवादउन्मुख राज्य निर्माणको दिशामा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससहित शहीदका सपना पूरा गर्न निरन्तर क्रियाशील रहने प्रतीज्ञा गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार