प्रचण्ड र हामीबीचको गठबन्धन हाम्रा कारण टुटेको होइन : गगन थापा

२०८१ माघ २३, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको दाबी गरेका छन्। आज बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डकै कारण त्यस बेलाको गठबन्धन तोडिएको आरोप लगाएका हुन्।

‘प्रचण्डजी र हामीबीच भएको गठबन्धन हाम्रो कारणले टुटेको होइन, हामी यो नचाइने कुरामा लाग्न हुँदैन’, पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘प्रचण्डले त्यो दिनचाहिँ म नेकपा एमालेसँग, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउँछ नजानु भएको भए कांग्रेसले के गरेको थियो? हामीले के गरेका थियौँ?’

यस क्रममा महामन्त्री थापाले त्यतिबेला गोदावरीमा बसेको महासमिति बैठकले गठबन्धन परिवर्तनको कुनै कुरा नगरेको जिकिर पनि गरेका छन्। उनले भने, ‘गोदावरीमा भएको महासमिति बैठकले गठबन्धन फेरिएको छ भनेर निष्कर्ष निकालियो भने सबैलाई मूर्ख बनाउने कुरा मात्रै हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार