रसुवामा ट्याक्टर पल्टिँदा भारतीय युवकको मृत्यु

२०८१ माघ २३, बुधबार

काठमाडौँ : रसुवाको नौकुण्डमा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका-५ भोर्ले साउने खोलास्थित सडकमा गएराति ट्याक्टर दुर्घटनामा परेको हो।

आम्बासबाटपारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा त्यसका चालक भारतको मोतिहारी पकडी दयाल परसा-१३ बस्ने २५ वर्षीय अरवाज महम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूली नुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार