गुण्डागर्दी गरेको आरोपमा ७ जना पक्राउ

२०८१ माघ २४, बिहीबार

काठमाडौँ : काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् । गुण्डागर्दीमा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’मा खुकुरी र तरबारले केक काटेको भिडियो पोस्ट गरेका थिए ।

आरोपीहरूले ‘शोअप’ गरेर आतङ्क सिर्जना गरेर असुली धन्दा समेत सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीहरू माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार