तयारी गरेरमात्र संसद्‌मा बोल्न देउवाको निर्देशन

२०८१ माघ २४, बिहीबार

काठमाडौँ : सत्तामा रहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदले के बोल्छ भनेर जनताले हेरेर बसिरहेको बताएका छन् । सोही कारण संसदमा जनतासँग र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धीत विषय पनि जोडदार उठाउन उनले निर्देशन दिएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र लगायत देशभर भएका समस्याहरूलाई अध्ययन गरेर संसद्मा प्रस्तुत हुन उनले सांसदहरूलाई निर्देशन दिए।

बैठक लाइभ देखाउने भएकाले जिल्लाका साथीहरू ले के बोल्छ भनेर हेरेको हुन्छ के बोल्छ कांग्रेसले भनेर त्यसमा ध्यान दिएर बोले भोली चुनावमा पनि सहयोग पुग्छ र जनताले भोट दिन्छन् भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार