आगलागीमा घाइते शानदार मःम का दुई कामदारको उपचारको क्रममा मृत्यु

२०८१ माघ २९, मंगलवार

काठमाडौं : आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।

उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो।

गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए । जसमध्ये सात जना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार