कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ? : मनिष झा

२०८१ माघ २९, मंगलवार

काठमाडौं : सशस्त्र प्रहरीको माथिल्लो तहमा महिनौंदेखि बढुवा रोकिएको विषय संसदमा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका छन् । सर्वाेच्च अदालतले प्रहरीका कुनै पनि पद रिक्त भएको तीन महिनाभित्र बढुवा सिफारिस गरिसक्न गृह मन्त्रालयलाई परमादेश दिंदा पनि कार्यान्वायन भएको भन्दै उनले भने–कुन ज्वाइँनारायणलाई प्रहरी प्रमुख बनाउन यसो गरिदैछ भनेर छ्याप छ्याप्ती छ सञ्चार माध्यममा ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजीज्वाई एसएसपी दिपेन्द्र कुँवरलाई ब्याच मिचेर बढुवा गर्न परेको दबाबका कारण सशस्त्र प्रहरीमा महिनौंसम्म बढुवा अवरुद्ध भएको प्रसंगमा उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार