बस दुर्घटनामा महाकुम्भमा स्नान गरी फर्किएका सात जनाको मृत्यु

२०८१ माघ ३०, बुधबार

काठमाडौं : भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा  मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग मिनिबस  ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।  अन्य केही घाइते भएका छन् ।

मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।

स्थानीय प्रहरीका अनुसार जबलपुरबाट कटानी तर्फ़ जाँदै गरेको ट्रक तीव्र गतिमा सडकको गलत दिशामा पसेर मिनिबस  ठोक्किएको हो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार