दुई जनाको हत्यापछि आत्महत्या

२०८१ माघ ३०, बुधबार

रुकुमपूर्व : रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा भूमे-४ काँडा साकिमका अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाको समिर बुढाको शव फेला परेको थियो। घटनास्थल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा हत्याका आरोपित सोही गाउँका ५१ वर्षीय चन्द्रसिङ पुनलाई खोजी गर्दा पुन पनि मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलले जानकारी दिए।

डिएसपी खरेलका अनुसार बज्यै र नातीको शव फेला परेपछि घटनाका आरोपित फरार रहेका पुन भूमे-४ कै खुलखुले खोलामा मृत फेला परेको डीएसपी खरेलले बताए। घटनाका आरोपित पुन हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ।

घटनाको अनुसन्धानपछि मात्र पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार