भौतिक मन्त्रालयले केहि गरेन भने पनि थुप्रै कामहरू गरेका छौँ : मन्त्री दाहाल

२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयले केहि काम गरेन भने पनि थुप्रै कामहरू गरेको बताएका छन् । शुक्रबार मन्त्रालयले माघ मसान्तसम्म गरेका कार्यक्रमको बारेमा जानकारी दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘हाम्रो मन्त्रालयले केहि काम भएन भनेर एक खालको बहस सुरु भएको छ,’ उनले भने, ‘भौतिक पूर्वाधार क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ । पहिलो सय दिनमा १० वटा र दोस्रो सय दिनमा १२ वटा कामका क्षेत्रको किटान गरिएको थियो । सो कार्यक्रम लक्ष्य उन्मुख रहेको छ ।’

यसबिचमा वर्षात र बाढीको प्रकोपले सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनमा लाग्नु परेकाले लक्ष्य प्राप्तिमा कमी भएको उनको तर्क छ । साथै उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्येबाट २८.१५ प्रतिशत बजेट खर्च भएको बताए ।

मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको थियो । साथै यस अवधिमा ४१ वटा पुल निर्माण सम्पन्न भएको उनले बताए । थुप्रै ठुला आयोजनाहरू पनि लक्ष्यअनुरूप निर्माण भइरहेको उनले बताए । यस्तै भावी आयोजनासमेत ल्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार