काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ६ सय रूपैयाँ कायम भएको थियो।
फेरि मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको थियो त्यसैगरी, बुधबार छापावाल सुनको मूल्य २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भयो।
बिहीबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको थियो भने शुक्रबार फेरि छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भयो।
यो साता सुनको मूल्य समग्रमा २००० रुपैयाँको वृद्धि भएको छ ।





