विश्व शान्तिको कामना गर्दै सांसद आलेले कुम्भ मेलाको जल पशुपतिमा चढाए

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले विश्व शान्तिको कामना गर्दै भारतको उत्तर प्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाको जल ल्याएर आज शनिबार पशुपतिनाथमा चढाएका छन्।

गत माघ ३० गते प्रयागराजमा लागेको कुम्भ मेलामा गइ पूर्वमन्त्री एवं सांसद आलेले त्यहाँको पवित्र जल ल्याई आज पशुपतिनाथमा चढाएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। उनले भने, ‘पूर्वमन्त्री आलेले प्रयागराजमा लागेको कुम्भ मेलाबाट पवित्र जल ल्याउनु भई आज विश्व शान्तिको कामना गर्दै पशुपतिनाथमा चढाउनु भएको हो।’

यसअघि पुस २० गते विश्व हिन्दु महासंघले सांसद एवं पूर्वमन्त्री आलेलाई हिन्दु रत्न अवार्ड समेत प्रदान गरेको थियो। महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्वर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित महासंघका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका थिए।

महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ।

हिन्दु धर्मको संरक्षण र सम्वर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै सांसद आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको सांसद आले स्वकीय सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार