आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु

२०८१ फाल्गुन ४, आईतवार

बर्दिया : बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी एक साढे दुई वर्षीय बालकको मृत्यु भएको छ ।

घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो । प्रहरीका अनुसार नेपाल–भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो ।

सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका–५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार