उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न अस्पताल पुगे राष्ट्रपति

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेल आइतबार बिहान सो अस्पताल पुगेर  मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका छन्।

मन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार आयोजित पर्यटन वर्ष उद्घाटन समारोहमा भएको घटनामा परी आगो लागेर घाइते भएका थिए। दुवैलाई आइसीयुमा राखेर उपचार हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार