काठमाडौं : ‘प्रथम भ्याली जुनियर तेक्वान्दो च्याम्पियनशीप’ शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित नर्थ पोल एकेडेमीको ग्राउण्डमा भब्य रुपमा सम्पन्न भएको छ ।
रजित थापा प्रमुख अथिति, आइटीएफ नेपालको केन्द्रीय अध्यक्ष चेतनराज गिरी तथा भुवन विक्रम पाण्डेको विशिष्ठ आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम छम बहादुर मगर र बिर प्रसाद बुढाथोकिको संयोजकत्वमा कार्यक्रम संचालन गरिएको थियो ।
उक्त कार्यक्रममा पुरुष तर्फ ८ बाउट (१६-५५) र महिला तर्फ ७ बाउट (१६-५०) भएको थियो। उक्त कार्यक्रम मा ७ वटा स्वर्ण पदक आफ्नो पक्षमा हात पार्दै लिटिल लाइट मन्टेश्वरी स्कुल प्रथम हुन सफल भयो साथै ४ वटा स्वर्ण पदक जिती नर्थ पोल एकेडेमी दोश्रो स्थान हात पर्न सफल भयो।

उक्त खेलमा बिनित मगर पुरुष तर्फको उत्कृष्ट खेलाडी बन्न सफल भए भने इन्दु शाह महिला तर्फको उत्कृष्ट खेलाडी बान्न सफल भईन। उक्त कार्यक्रम नर्थ पोल एकेडेमीका प्रिन्सिपल डा. श्रीनिवास माधवनको अध्यक्षतामा समापन भयो।






