काठमाडौँ : पूर्वसञ्चार तथा सूचना रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् ।
नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंगो मतदाता प्रतिको अपमान गरेको बताएकी हुन् । प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् ।





