अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र लेबनान भिड्दै

२०८१ फाल्गुन ८, बिहीबार

काठमाडौं : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज (बिहीबार) घरेलु टोली नेपाल र लेबनान भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको नेपाली टोली आजको खेलमा पनि सोही नतिजा दोहोर्‍याउने योजनामा छ। नेपाली टोली लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। दोस्रो जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यका साथ नेपाल मैदान उत्रनेछ ।

लेबनान भने पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपाललाई हराएर फाइनल सम्भावना जीवित राख्ने प्रयास गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार