काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।
केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए । आगामी ५ चैतसम्म सेवा रहेका केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका थिए ।











