देशभर स्काउटको अवस्था खस्कँदै छ : खेलकुदमन्त्री चौधरी

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले देशभर स्काउटको अवस्था कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले विशेषगरी मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए।उनले मधेस प्रदेशमा नेतृत्व गर्ने व्यक्तिहरू स्काउट गतिविधिसँग असम्बन्धित रहेको उल्लेख गर्दै स्काउटलाई पुनर्जीवित गर्न आफ्नो कार्यकालभर प्रयास गर्ने प्रतिबद्धता जनाए।

‘देशभर ७५३ स्थानीय तह छन्। केही दिनअघि म जनकपुर जाँदा मधेस प्रदेशको स्काउट कार्यालय पुगेको थिएँ। त्यहाँको अवस्था हेर्दा मलाई लाग्यो, देशमा स्काउट नै हराएको छ,’ मन्त्री चौधरीले भने, ‘मधेसमा स्काउटिङको अवस्था अत्यन्तै कमजोर छ। नेतृत्व तहमा रहेका व्यक्तिहरूले स्काउटबारे ज्ञान नै राख्दैनन्, हात मिलाउनसमेत नजान्ने देखिन्छन्। यो स्थिति सुधार्न म प्रतिबद्ध छु।’

उनले स्काउटलाई सुधार्न पटक–पटक प्रयास गरे पनि व्यावहारिक रुपमा काम हुन नसकेको स्वीकार गरे। स्काउटको नयाँ कार्यसमिति गठन गर्दा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नगरी योग्य व्यक्तिहरूलाई अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार