काठमाडौं : आइतबार छापावाल सुन ३ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १९ सय ७० रूपैयाँ कायम भएको छ ।





