प्लेन टिकट काटिदिनु राजा फर्किहाल्छन्, आन्दोलन गरिराख्नु पर्दैन : गोकुल बास्कोटा

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले राजा फर्काउन आन्दोलन गरिराख्नु नपर्ने टिप्पणी गरेका छन् । पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किन प्लेन टिकट किन्दिए मात्र पुग्ने उनको भनाइ थियो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बास्कोटाले पोखरा पुगेका राजा काठमाडौं फर्किन सम्भव भए पनि सिंहासनमा फर्किने कुरा असम्भव रहेको बताएका हुन् । ‘यहाँ राजा फर्काउने पनि कुरा उठ्यो । के गर्न राजा फर्काउने ? ०५९ सालको असोज १७ या ०६१ माघ १९ गते फर्काउन ? के को लागि फर्काउन ? राजा फर्काउन पोखरामा जुलुस गर्नु पर्छ ? धेरै दु:ख गर्नुपर्दैन, एउटा प्लेन टिकट काटदिनुस् हजुर ! जुलुस नगरी फर्किहाल्छन् । फर्किने भनेको काठमाडौं त होला नि सिंहासनमा फर्किन त सम्भवै छैन,’ बास्कोटाले भने ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले निकालेको विज्ञप्‍तिलाई लिएर संसद्को आकस्मिक समयमा कांग्रेस र राप्रपाका सांसदहरूबीच आरोप प्रत्यारोप चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार