प्रचण्डजस्तो यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं : गगन थापा

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता साझेदारीमा कांग्रेस इमान्दार रहेको बताएका छन् ।

०८४ सालसम्म कांग्रेस–एमाले गठबन्धन कायम रहने उनले दाबी गरे । सोमबार प्युठानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी आमनिर्वाचनसम्म कांग्रेस र एमाले मिलेर जाने बताएका हुन् । ३ वर्षमा परिणाम दिनेगरी एमालेसँग सत्ता साझेदारी गरिएको उनले बताए ।

‘२०७९ सालको चुनावअघि हामीले ५ दलीय गठबन्धन बनाएका थियौं । सहमति तोडेर प्रचण्डले कांग्रेस छाडेर एमालेसँग मिल्न जानु भएको हो । हामी प्रचण्ड जस्तो होइन, एमालेसँग सरकारमा छौं, हामी इमान्दार भएर भूमिका निर्वाह गर्न चाहन्छौं’ थापाले भने, ‘कम्तीमा २०८४ सम्म सत्ता साझेदारी गर्नेमा कांग्रेसको इमान्दारी रहन्छ । कुनै चकचक र उपद्रो गरेर यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार