रोल्पा : रोल्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–६ धुम्काका ४० वर्षीय खिमबहादुर बुढा मगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
मंगलबार बिहान आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई खुकरी प्रहार गरेको र अस्मिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट पुगेको प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा पुगेको ६ सदस्य टोलीले हत्या आरोपी खिमबहादुरलाई पक्राउ गरेको थियो ।
हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







