फाइनल खेल : पहिलो हाफ गोलरहित बराबरी

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं : घरेलु मैदानमा जारी फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिप अन्तर्गत फाइनलको पहिलो हाफमा नेपाल र म्यानमारले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टिमले गोलका केही अवसर बनाए पनि पोष्टको दिशा भने दिन सकेनन् । सवित्रा भण्डारी र रेखा पौडेलले गोल गर्ने केही अवसर गुमाए । म्यानमार टिमको प्रहार गोलकिपर एवं क्याप्टेन अन्जना लिम्बूले असफल बनाइन् ।

लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २२ गोलको बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार