बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

२०८१ फाल्गुन १४, बुधबार

गोरखा : बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ ।

आज दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो ।

कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो । चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार