विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलत : शंकर पोखरेल

२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए । “हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उनले भने ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए । कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने धारणा राख्दै महासचिव पोखरेलले बलियो साङ्ठनिक शक्ति आवश्यक रहेको बताए ।

उनले प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने बताए । “नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्न सकिन्छ । पुँजी निर्माणबिना राष्ट्रिय पुँजी बन्दैन, त्यसैले नेपालीको बचत संस्कृति अति कमजोर रहेको र यसमा सुधार गरी बचत संस्कृति विकास गर्नुपर्ने आवश्यकता छ”, महासचिव पोखलको भनाइ थियो ।

कार्यक्रममा उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले दुई पार्टी मिलेसँगै मुलुकको आर्थिक अवस्था विस्तारै सुधार भई लगानीको वातावरण बनिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार