मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

२०८१ फाल्गुन १५, बिहीबार

बिर्तामोड : झापा बिर्तामोड नगरपालिका –२ स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते एक जनाको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका –३ बस्ने बर्ष १९ का गोविन्द राजवंशीको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार साँझ करिव ५ बजेर ४५ मिनेटमा राजवंशी चढेको मदेश प्रदेश ०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

घाइते राजवंशीको उपचारको क्रममा बिहीबार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता, मोटरसाइकलको पछाडि सवार सोही स्थानमा बस्ने १८ बर्षिय अमित राजाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार