काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ रूपैयाँले घटेर १ लाख ६८ हजार १०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।





