पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौँ : पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा श्रेष्ठको बिहान ५ बजे निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार, शरीर सुनिनेलगायत समस्याले ग्रसित उनी लामो समयदेखि बिरामी थिइन् । श्रेष्ठको आजै अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

उनी २०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेकी थिइन् । सर्वोच्च अदालतमा भने उनी दोस्रो महिला न्यायाधीश हुन् । उनीभन्दा अघि सुशीला सिंह शिलु सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार