काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दै छ ।
दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत पार्टी काम कारबाही र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको ६ वटा अध्यादेश सदनमा पेश हुन सकेको छैन ।
सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसद्मा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन । सरकारलाई प्रतिनिधिसभामा बहुमत पुग्ने भए पनि राष्ट्रियसभामा भने संख्या अपुग छ।





