काठमाडौं : अमेरिकामा नेपालीहरूमाथि धरपकड हुने क्रम जारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि नेपालीहरूमाथि धरपकडको क्रम बढेको हो। गत जनवरी २० मा सपथ लिएलगत्तै राष्ट्रपति ट्रम्पले आप्रवासन नीतिसम्बन्धी नयाँ कार्यकारी आदेशका जारी गरेका थिए। सोही कार्यकारी आदेशपछि नेपालीहरू निशानामा पर्दै आएका छन्।
पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको छ। जनवरी २० पछि उक्त संख्यमा बढोत्तरी भएको स्रोतको दाबी छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो।
अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्। विद्यार्थी भिसामा गएर कानुन विपरीत काम गर्ने नेपालीहरूलाई पनि ट्रम्प प्रशासनले निशाना बनाइरहेका छन्। अमेरिकाबाट फर्काइएकाहरूमाथि अवैध प्रवेश, गैरकानुनी तरिकाले बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ।





