नेपालगन्जमा राप्रपाको बृहत् मोटरसाइकल र्‍याली सम्पन्न

२०८१ फाल्गुन १९, सोमबार

नेपालगंज : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शमशेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् ।

‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले राप्रपाले नेपालगन्जमा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै सोमबार भने ।

‘विदेशीको पैसा र प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको कुरा अब स्पष्ट भइसकेको छ । अमेरिकी राष्ट्रपतिबाट खुलासा भएको कुरा यस मानेमा सान्दर्भिक छ । अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सार्वजनिक भइसकेको छ ।’ देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।

पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार