काठमाडौं : खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ ।
आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो । सहमतिसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।





