मकवानपुर : मकवानपुरको मनहरीस्थित एक ‘डम्पिङ साइट’ मा सालनालसहितको नवजात शिशुको शव भेटिएको छ।
मनहरी गाउँपालिका–७ स्थित डम्पिङसाईटमा सालनालसहित नवजात शिशु (छोरी) को मंगलबार बेलुका शव फेला परेको हो । कसले उक्त नवजात शिशु त्यहाँ फालेको हो भन्ने खुलेको छ । यसबारे अनुसन्धान भइरहेको ईप्रका मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले बताए । ‘एक/दुई दिनअघि जन्माएर फालेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यो चालु आवको ८ महिनामा तीन नवजात शिशु फालेको घटना प्रहरी कार्यालयमा दर्ता भएको छ ।





