संविधान रक्षाका लागि कांग्रेससँग सहकार्य हुनसक्छ : देव गुरुङ

२०८१ फाल्गुन २४, शनिबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सरकारको कार्यशैलीले संविधानमाथि खतरा उत्पन्न भएको टिप्पणी गरेका छन्। ‘जनतामा निराशा बढेको छ र यसको कारक सरकार नै हो,’ उनले भने।

सरकारले आर्थिक संकट समाधान गर्नुको साटो बढाउने कार्यले सरकार मात्र होइन ‘सिस्टम’ माथि नै प्रश्न उठाउनेको संख्या बढ्दै गएको महासचिव गुरुङले बताए। उनले लोकतान्त्र र संविधान नै नरहने हो कि भन्ने शंका पैदा भएको जिकिर गरे। ‘भ्रष्टाचार, आर्थिक संकट बढ्दै जादा प्रतिगामीहरू सलबलाउन खोज्दै छन्,’ उनले भने, ‘संविधान, लोकतान्त्र बचाउन जनता जगाउन अभियान सुरु गरेका छौं। मधेसमा जनजागरण गर्नुको मुख्य कारण ठुलो जनसंख्यालाई संविधान र लोकतान्त्र बचाउने पक्षमा उभ्याउनु हो।’

बाम एकता आवश्यक रहेता पनि अहिलेकै रूपरेखामा सम्भव नरहेको तर अहिलेको नेतृत्वको सोचमा परिवर्तन भए सम्भव रहेको उनले बताए।उनले भने, ‘नेपाली कांग्रेससँग सहकार्य हुन सक्ने स्थिति आउन सक्छ। संविधान रक्षा, लोकतन्त्र रक्षा र राष्ट्रियताका सबालमा कांग्रेससँग सहकार्य हुन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार