जापानले फेरि निष्काशन गर्‍यो दुई नेपाली

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ।

पुन भिसाको म्याद सकिएपश्चात पनि काम गरिरहेका थिए। भुजेल चाहिँ भिसाको दूरुपयोग गरिरहेको अवस्थामा पक्राउ परेको जनाइएको छ। यद्यपि उनले कसरी दुरुपयोग गरे भन्ने खुलाइएको छैन। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्।

फागुनको दोस्रो साता जापानको अध्यागमनले चार नेपाली र फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन, चेम्जोङ, विष्ट, राजभाट, बस्याल र पौडेल थरका एक/एक जना रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार