वीर अस्पतालकाे निर्देशकमा डा. दिलीप शर्मा

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएकाे हाे ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।

डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बाेलाएकाे जानकारी दिए । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार