
काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संगठन महाधिवेशनउन्मुख भएकाले प्रक्रियागत कामहरू छिट्टै सक्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।
गैँडाकोट नगर समितिद्वारा आयोजित स्वागत, सम्मान तथा अन्तरक्रियामा गुरुङले पूर्वराजाको स्वागतमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखिएकोमा आलोचना गरे । ‘विदेशीको फोटो राखेर गरिएको कार्यक्रम राष्ट्रवादी हुन सक्दैन’, उनको भनाइ थियो ।
रास्वपा सभापति रवि लामिछानेहरू अन्तत: दरबारसँगै मिल्ने अध्यक्ष गुरुङको जिकिर छ । तरुणहरूको गतिविधिले नै समाजको दृष्टिकोण तय गर्ने भन्दै उनले कांग्रेसले गरेका काम र प्राप्त उपलब्धि प्रचार गर्नुपर्ने बताए ।