
काठमाडौं : पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् ।
मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो । रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ ।
बीएलएले रेलका यात्रीहरु अपहरण गरी आफ्ना कार्यकर्ताहरुलाई ४८ घण्टाभित्र विनासर्त रिहा गर्न माग गरेको थियो । तर सरकारले उनीहरुका कुरा नसुनी सैनिक टोली परिचालन गरेको थियो ।बीबीसी