समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हरायो

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतो २० रनमा अविजित रहँदा इन्दु बर्माले १८ रन बनाइन् । हङकङका मेहक दिप र लाइ विनले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो । हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन् । त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । पुजा महतो र ईश्‍वरी विष्टले १-१ विकेट लिए । समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार