सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगायो : मन्त्री गुरुङ

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । बिज्ञापन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन् ।

उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको महशुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।

मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उनले बताए । उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार