आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती

२०८१ चैत्र ३, आईतवार

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो अनुसारका धारणा भएनन् कि मेरो बुझाइ छ,’ उपप्रधानमन्त्री पौडेलले भने ।

३१ राजश्व वृद्धिको लक्ष्य लिएर बजेट प्रस्तुत गर्दा पनि न्यूनतम आवश्यकता परिपूर्ति गर्न गाह्रो भइरहेको बताए । ११ हजार योजनाको कार्यान्वयन सुनिश्चितता हुने अवस्था नरहेको उनले संसद्‌मा जानकारी दिए । विधेयक बजेट अनुशासनमा फर्किनका लागि ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार