काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । बैंकको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँट सम्पन्न भएको हो।
बैंकले फागुन १८ देखि २३ गतेसम्म ३ अर्ब रुपैयाँबराबरको ‘ ७.५० प्रतिशत ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र खरिदका लागि रितपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकलाई ११ लाख ४० हजार कित्ता हकप्रद बाँडफाँट गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ ।
यस्तै व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्टाइएको १८ लाख कित्ता ऋणपत्र पनि बाँडफाँट गरिएको छ ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुनेछ ।





