काठमाडौं : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार ४० रूपैयाँ कायम भएको छ ।





