गभर्नर अधिकारी भोलिदेखि विदामा बस्दै, कामुको जिम्मा ढुंगानालाई

२०८१ चैत्र ४, सोमबार

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलिबाट विदामा बस्ने भएका छन्।

०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्। ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ।

भोलिबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार